काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘पार्टीको एघारौँ महाधिवेशनको आज चौथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विस्वास लिएको छु । धन्यवाद ।’




















प्रतिक्रिया