Logo

आजको तस्बिर

बसन्तपुरमा मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्विरहरु)



काठमाडाैं । आज पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाईएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर ¥याली समेत गरेको छ ।

यस वर्ष ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

तस्विरहरु:

तस्विर: नेपाल न्यूज बैंक

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १३:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।