Logo

अर्थ

माघबाट सबै प्रकारका भुक्तानी विद्युतीय माध्यमबाट गर्न बीमकलाई निर्देशन



काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी र इन्स्योरेन्स ब्रोकर कम्पनीहरुलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले पत्रमार्फत जीवन बीमक, निर्जीवन बीमक, लघुबीमक, पुनर्बीमक र बीमा दलाल कम्पनीहरुलाई माघ १ गतेदेखि लागू गर्नेगरी सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा डिजिटल भुक्तानी गर्न निर्देशन दिएको हो ।

यसअघि बीमा कम्पनीहरुले सम्बन्धित व्यक्ति वा संस्थालाई चेकमार्फत दाबी भुक्तानी गर्दै आएका थिए । प्राधिकरणले दाबी भुक्तानी प्रक्रियालाई निष्पक्ष बनाउनका लागि डिजिटल भुक्तानी गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १७:१५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।