कात्र्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा संस्थाहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्र (सीआईबी) ले कात्तिक महिनामा मात्रै ३ सय ८८ व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको जनाएको हो। सीआईबीले बैंक तथा वित्तीय क्षेत्रहरुको आग्रहमा व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको हो ।
सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई कालोसूचीमा राख्ने गर्छ ।
यो अवधिमा कालो सूचिमा पर्ने मध्ये धेरैजसो ऋण लिएर नतिर्नेहरु रहेका छन् । भने, कतिपय खातामा रकम नभएको चेक दिएर दुःख दिनेहरु रहेका छन् ।
कात्तिक महिनाको २ गतेमात्रै सीआईबीले ५ जनालाई कालोसूचीमा राखेको हो ।
२ गते व्यक्तितर्फ प्रमिला सिंह, मनकुमार बस्नेत र पूर्ण प्रसाद तिमिल्सना नाम गरेका व्यक्ति कालोसूचीमा परेका हुन् भने २ गते नै अरनिको ट्रेडिङ कम्पनी र श्री राम्चेदेवी बचत तथा ऋण सहकारी संस्थालाई सीआईबीले कालोसूचीमा राखेको थियो ।
सीआईबी सूचना अनुसार लकडाउन यतामात्रै २ हजार ७८ व्यक्ति तथा संस्था कालोसूचीमा परेका छन् । यसरी कालोसूचीमा पर्ने सहकारी संस्थाहरुको संख्या भने अत्यन्तै कम हुन्छ ।
सीआईबीका अनुसार लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको आग्रहमा सीआईबीले लकडाउनयता उनीहरुलाई कालोसूचीमा राखेको हो ।
१० चैतसम्म १७ हजार ६४५ व्यक्ति र फर्म कालोसूचीमा थिए । लकडाउनको एक सातासम्म कालोसूचीमा पर्ने क्रम रोकियो । निकै कडा लकडाउन भइरहेका बेला १६ चैतमा सीआईबीले हेमकुमारी चौधरी, श्रीराम घिमिरे, सागर केसी, हर्कबहादुर सार्की, उमादेवी सार्की, कुमार घिमिरे, भरत गैरै र एमएस सोलुसन प्रालि गरि ७ व्यक्ति र एउटा कम्पनीलाई कालोसूचीमा राखेको थियो । त्यसयता कालोसूचीमा पर्नेहरुको संख्या दिन प्रतिदिन बढी बढ्दै गएको हो ।
सीआईबीका अनुसार चैतमा २४५ जना कालोसूचीमा परेका थिए । वैशाखमा जम्मा ९४ जना व्यक्ति तथा फर्म कालोसूचीमा परेकामा जेठमा १५१ र असारमा ३१८ जना परे ।





















प्रतिक्रिया