Logo

अर्थ

जेन-जी आन्दोलनको सहिद परिवारका २७ सदस्यलाई विद्युत प्राधिकरणमा जागिर



काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका सहिदहरूको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।

मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले सहिद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो।

निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा निजको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १३:२३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।