Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । यो सेयर खरिदका लागि जो सुकै कम्पनी,व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ११:४८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।