Logo

अर्थ

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश नदिने



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुष २३ गते बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षण भएर प्राप्त भएको वित्तिय विवरण नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गरिने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात वित्तिय विवरण बैंकको अगामि वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिने समेत बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १३:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।