आर्थिक वर्ष २०७७–७८ को असोजसम्म संघीय सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको कुल खर्च रु १ खर्ब ७८ अर्ब १ करोडको तुलनामा १३ दशमलव ० प्रतिशतले वृद्धि भई रु २ खर्ब १ अर्ब ८ करोड पुगेको छ । कुल खर्च मध्ये चालु खर्च रु १ खर्ब ८२ अर्ब ६२ करोड , पूँजीगत खर्च रु १५ अर्ब ५ करोड र वित्तीय व्यवस्था तर्फ रु ३ अर्ब ४१ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च र वित्तीय व्यवस्था तर्फको खर्च क्रमशः १६ दशमलव ५ प्रतिशत र १८ दशमलव ४ प्रतिशतले बढेको छ भने पूँजीगत खर्च १८ दशमलव १ प्रतिशतले घटेको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पूँजीगत खर्चमा सुधार हुन सकेको छैन ।





















प्रतिक्रिया