Logo

राजनीति

प्रतिनिधिसभा निर्वाचन लड्न प्रदेशसभा सदस्यबाट राजीनामा दिन्छु : काफ्ले



काठमाडौँ । बागमती प्रदेशसभा सदस्य कुन्दन काफ्लेले पदबाट राजीनामा दिने भएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि आफूले प्रदेश सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएकाे उनले बताए ।

उनले  भने,’मैले राजीनामा दिने मनस्थिति बनाइसकेको छु । पार्टीमा सबै कुरा मिलेपछि राजीनामा दिन्छु ।’

प्रतिनिधिसभा निर्वाचन लड्न उनी प्रदेश सांसदबाट राजीनामा दिन लागेका हुन् । उनी नेपाली कांग्रेसबाट प्रदेश सांसद बनेका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा पार्टीले सार्वजनिक पदमा बहाल रहेका व्यक्तिलाई सिफारिस नगर्न भनेको थियो । तथापि उनको नाम दोलखाबाट सिफारिस भएको थियो ।

प्रकाशित मिति : २६ पुष २०८२, शनिबार ०७:३०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।