Logo

प्रमुख समाचार

शेखर कोइराला आफू निकट नेताहरूसँगको छलफलमा



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।

कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् ।

कोइराला निकट केही केन्द्रीय सदस्यहरू समेत हिजोको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार ११:००   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।