Logo

अर्थ

सुनचाँदीको मूल्य हालसम्मकै उच्च



काठमाडौं । सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार ११:१६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।