Logo

अर्थ

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांश नदिने निर्णय



काठमाडाैं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आज २०८१/८२ संस्थाको २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई पारित गरी उक्त अवधिका लागि लाभांश प्रदान नगरिने निर्णय गरेको संस्थाले जनाएको छ ।

उक्त वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि साधारणसभा प्रयोजनका लागि सार्वजनिक गरिनेछ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १४:४९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।