Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आज सेयर बजार घटेकाे छ । नेप्से परिसूचक ५.५४ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ ।

आज ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानल र श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.२५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १५:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।