Logo

प्रमुख समाचार

प्रचण्ड र नेपालले लिए नेकपाको शपथ



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ नेता एनके प्रसाईँले नेकपाका केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार दिउँसो २ हजार ४९९ केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

शपथ लगत्तै प्रसाईँले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई परिचय पत्र हस्तान्तरण गरेका थिए ।

नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १४:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।