काठमाडाैं । स्मार्ट होम अप्लायन्स ब्रान्ड माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजनाअन्तर्गत पहिलो चरणका विजेता सार्वजनिक गरेको छ।
उपभोक्तालाई अत्याधुनिक घरेलु प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको ‘बाई विन फ्लाई’ क्याम्पेनअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पहिलो चरणका विजेता दिवस लामिछाने हुन्। उनले सीजी डिजिटल काठमाडौँबाट माइडिया ब्रान्डको इलेक्ट्रिक केटल खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए।
यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च माइडिया नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।
यसै क्याम्पेनअन्तर्गत माइडिया ले उपभोक्ताका लागि आकर्षक सुविधा तथा अफरहरू पनि उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार नागरिताको आधारमा सरल ईएमआई सुविधा, पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज सुविधा तथा वासिङ मेसिन खरिद गर्दा एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइएको छ।
सीमित अवधिका लागि सञ्चालन गरिएको यस योजनामा अझै थुप्रै विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ। माइडिया ले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट उत्पादन खरिद गरी समयमै क्याम्पेनमा सहभागिता जनाउन आग्रह गरेको छ।





















प्रतिक्रिया