Logo

प्रमुख समाचार

सहमतिका लागि देउवा पक्षलाई विशेष महाधिवेशन पक्षधरले पठायो ८ बुँदे प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ ।

आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

यस्ता छन् बुँदाहरू
कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १३:५७   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।