Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ६ अर्ब २० करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.५२ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ ।

आज १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब २० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २३ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चर २०८८ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १५:१९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।