Logo

अर्थ

एनआईसी एशिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त



काठमाडाैं । बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंककको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छन् ।

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले तत्कालिन बैंक अफ काठमाण्डौमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् । बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा अनुपा प्रधान राजभण्डारीलाई बैंकले सफल कार्यकालको कामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १७:५२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।