Logo

अर्थ

नेपाल बैंकको ६६औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै महालेखा परीक्षकको कार्यालयबाट परामर्श प्राप्त भए पश्चात् लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।

बैंकको नियमावलीको नियम ३१ मा भएको व्यवस्था बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्दै उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १२:२८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।