Logo

अर्थ

नयाँ वर्ष २०२६ अवसरमा टाटाको ‘न्यू इयर बिग स्विच’ अफर सार्वजनिक



काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहक लक्षित विशेष ‘न्यू इयर बिग स्विच’ कार्यक्रम सार्वजनिक गरेको छ। चार दिनसम्म सञ्चालन हुने यो अफर जनवरी १५ देखि १८ (माघ १ देखि ४) गतेसम्म लागू हुनेछ।

यस अवधिमा ग्राहकहरूले आफ्ना पुराना जुनसुकै ब्रान्डका सवारीसाधन साटेर टाटाका अत्याधुनिक गाडीमा अपग्रेड गर्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार ‘बिग स्विच’ कार्यक्रमको मुख्य उद्देश्य पुराना गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन उपलब्ध गराउँदै नयाँ सवारी अनुभव प्रदान गर्नु हो।

कार्यक्रमअन्तर्गत टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई आकर्षक उपहार र नगद छुटको सुविधा दिइनेछ। विशेषगरी विद्युतीय सवारी (ईभी) रोज्ने ग्राहकका लागि आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ तथा निःशुल्क होम चार्जिङ जडानजस्ता विशेष सहुलियतहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यसका साथै नयाँ गाडी खरिद गर्दा एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिजसमेत प्रदान गरिनेछ। ‘न्यू इयर बिग स्विच’ अफर टाटाका टियागो, नेक्सन, पञ्च, सफारी र कर्भ ईभीसहितका लोकप्रिय आईसीई तथा ईभी मोडेलहरूमा लागू हुनेछ।

कम्पनीले यस कार्यक्रममार्फत नेपालमा अत्याधुनिक र वातावरणमैत्री सवारीसाधनको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १२:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।