काठमाडौं । नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने भएको छ । नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने बताए ।
‘माघ ४ गते काठमाडौँमा एमालेले विशेष जनप्रदर्शन गरेर चुनावमा होमिन्छ’, बस्नेतले भने, ‘खुल्ला सभाबाट एमाले निर्वाचनमा होमियो भन्ने सन्देश दिन खोजिरहेका छौँ ।’ उनले कतिपयले अझै पनि एमाले चुनावमा भाग लिन्छ र ? भनेर प्रश्न गरिरहेको भन्दै एमालेले चुनावमा भाग नलिने भनेर कहिल्यै पनि नभनेको बताए ।
जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीबाट सम्बोधन हुने बताए । सभालाई अध्यक्ष ओलीले सम्बोधनसँगै चुनावको लागि आवश्यक निर्देशन दिने बताए। बागमतीको १८ सीटमा एमालेले अधिकतम जित्ने गरी रणनीति बनाइरहेको बताए।





















प्रतिक्रिया