Logo

प्रमुख समाचार

आगामी निर्वाचन नलड्ने पूर्वमन्त्री थानीको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात मुलुक थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलताको बिचबाट गुज्रीरहेको उल्लेख गर्दै उनले संविधानलाई लिकमा ल्याउन आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु पर्ने बताएका छन् ।

उनले सूचना निकालेर भने- ‘मेरो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यहि माघ ६ गते रहेको मनोनयन दर्तामा उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु ।’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १४:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।