काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट विभाजित भएकाहरुलाई घर फर्कन आब्हान गरेका छन् । आइतबार एक अपिल सार्वजनिक गर्दै ‘हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गरेका छन् ।
कांग्रेसलाई एकतावद्ध राख्ने भागिरथ प्रयास सफल नसकेको भन्दै उनले यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न नचाहेको उनले उल्लेख गरे । ‘हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन,’ उनने भनेका छन् ।
उनले अगाडि भनेका छन्,‘यस विचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिकावारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहाँसमा सुम्पन्छु । दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यस विच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’
डा. कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको ईमान्दार प्रयास भएको तर त्यसो हुन नसकेको उनले स्वीकार गरेका छन् ।





















प्रतिक्रिया