Logo

प्रमुख समाचार

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त



काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ । आज बिहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो ।

प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए । उनले भने,‘सच्चीएको कांग्रेस निर्माण गर्दै पार्टीको घोषणापत्र निर्माणको लागि सभापति ज्यूको अध्यक्षतामा घोषणा समिति निर्माण गरेको छौं ।’

त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १४:०९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।