काठमाडौं । सुनचाँदी मूल्य शुक्रबार फेरि बढेको छ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदी तोलामा १६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६४५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया