Logo

समाचार

रविको सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय वेबसाइटबाटै हटाइयो



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ ।

महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा ‘सहकारी ठगी सम्बन्धमा भएको निर्णय’ शीर्षकमा ‘टिप्पणी र आदेश’ उल्लेख थियो । तर उक्त फाइल शुक्रबार हटाइएको छ ।

शुक्रबार भण्डारीले लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा जीबी राईसहित सबै प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उक्त फाइल हटाइएको हो ।

लामिछानेको हकमा मात्र निर्णय गरेको र अरुको हकमा अन्याय भएको भनेपछि महान्यायाधीवक्ताले पुन: निर्णय गरेकी थिइन् । यसबारे सोध्न खोज्दा महान्यायाधिवक्ता कार्यालयले यसअघि त्रुटी भएकाले सच्चाएर अपलोड गरिने दाबी गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार १८:४२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।