Logo

समाचार

देउवा पक्षले बोलायो केन्द्रीय कार्यसमितिको बैठक



काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

देउवा पक्षका  कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक शनिबार विहान ८ बजे सानेपामा बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजै निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । तर सो आधिकारिकतालाई देउवा पक्षले अस्विकार गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार २१:५५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।