Logo

खेलकुद

नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य



काठमाडौं । आईसीसी महिाल टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएकाे छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १-१ विकेट लिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १०:४८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।