Logo

प्रमुख समाचार

बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रियसभाको बैठक



काठमाडौं । राष्ट्रियसभा उन्नाइसौँ अधिवेशनको पहिलो बैठकबाट हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव सर्वसहमतले पारित गरेको छ ।

आइतबार बसेको पहिलो बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो । बैठकमा बोहराको सम्मानको लागि मौन धारण पनि गरिएको छ ।

बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पनि पढेर सुनाएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजको दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य गत भदौ ३१ गते भएको थियो ।

साथै अर्को बैठक २०८२ साल माघ ९ गते शुक्रबार १: १५ मिनेटमा बस्ने तय भएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १२:१०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।