काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ रुकुमपूर्व प्रस्थान गर्दैछन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी रुकुमपूर्व जान लागेका हुन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ताको कार्यसूची रहेको छ ।
नेकपा रुकुमपूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्ड सोमबार रुकुमपूर्व पुग्ने र मंगलबार भव्य रूपमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको छ ।
उनका अनुसार प्रचण्ड मनोनयन दर्तापछि बुधबार मात्र काठमाडौं फर्कने कार्यतालिका रहेको छ । यस अवधिमा उनले जिल्लाका पार्टी नेता तथा कार्यकर्तासँग विशेष राजनीतिक छलफल र परामर्शसमेत गर्नेछन् ।





















प्रतिक्रिया