Logo

समाचार

पैसा बिना राजनीति सम्भव छैन : विन्दवासिनी कंशकार



मकवानपुर । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंशकारले टिकट नपाएपछि पैसा विना राजनीति सम्भव नरहेको टिप्पणी गरेकी छिन् ।

मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेकी रास्वपा केन्द्रीय सदस्य कंशकारले रास्वपाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै बिना पैसा राजनीति हुँदैन भन्ने प्रमाणित भएको बताएकी हुन् ।

‘बिना पैसा राजनीति हुँदैन भन्ने आज प्रमाणित भयो,’ उनले साेमबार सामाजिक सञ्जाल फेसबुक लेखेकी छिन् ।मकवानपुर क्षेत्र नम्बर १ मा प्रकाश गौतमलाई रास्वपाले उम्मेदवार बनाएको छ ।

यसअघि रास्वपाको समानुपातिक सूचीमा सांसद बनेकी कंशकार आगामी निर्वाचन प्रत्यक्षबाट लड्ने बताएकी थिइन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार २१:३५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।