Logo

प्रमुख समाचार

महेश बस्नेतले भक्तपुर–२ बाट गरे उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् ।

अन्य दलबाट पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १२:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।