Logo

राजनीति

काठमाडौं-५ मा कांग्रेसका प्रदीप पौडेलले दर्ता गराए उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए ।

उनले भने, ‘नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको छ । विधि, विधान अन्तरगत पार्टी चलाउनका लागि जोडबल गरिरहेका छौं । पार्टीभित्रका सबैखाले अन्तर विरोधहरु अब अन्त्य भएर जाने छन् । अब निर्वाचनको सन्र्दभमा ल्याइने दृष्टिकोण १० गते सार्वजनिक गर्दैछौं । घोषणा पत्र सार्वजनिक गर्छौं । निर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्न पायो भने प्रधानमन्त्री कसलाई बनाउने भन्ने घोषणा पत्रले प्रस्ट्याएर आउँछ ।’

क्षेत्र नं ५ बाटै राप्रपाका कमल थापा, नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १६:१३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।