काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट दानेन्द्र जोशीले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यालयमा आयोजित कार्यक्रमका बीच जोशीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
जोशीको मनोनयन दर्ताका क्रममा जसपा नेपाल बागमती प्रदेश अध्यक्ष करण श्रेष्ठ, प्रदेश मुख्य सचिव राम लामा तथा युवा केन्द्रीय सचिव सैलेन्द्र कुमार ठाकुरको उपस्थिति रहेको थियो। पार्टीका नेताहरूले काठमाडौँ–५ मा वैकल्पिक र जनमुखी राजनीतिको आवश्यकता रहेको उल्लेख गर्दै जोशीलाई सक्षम र प्रतिबद्ध उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।
काठमाडौँ–५ को चुनावी मैदान यसपटक निकै प्रतिस्पर्धात्मक देखिएको छ। नेपाली कांग्रेसका तर्फबाट प्रदीप पौडेल, नेकपा एमालेबाट ईश्वर पोखरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पोखरेल उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। प्रमुख दलका प्रभावशाली नेताहरू एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिँदा यो निर्वाचन क्षेत्रलाई चासोका साथ हेरिएको छ।
जसपा उम्मेदवार जोशीले समावेशी राजनीति, सुशासन, रोजगारी र शहरी व्यवस्थापनलाई प्राथमिक एजेन्डा बनाउँदै जनतासँग प्रत्यक्ष संवादमार्फत चुनावी अभियान अघि बढाउने बताएका छन्। काठमाडौँ–५ मा कसको पक्षमा जनमत जान्छ भन्ने विषयले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने आँकलन गरिएको छ।





















प्रतिक्रिया