Logo

अर्थ

सरकारद्वारा ‘रोल्ड ओट्स’को नयाँ गुणस्तर मापदण्ड निर्धारण



काठमाडौं । सरकारले उपभोक्ता स्वास्थ्य र खाद्य स्वच्छता सुनिश्चित गर्न ‘रोल्ड ओट्स’का लागि नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत राजपत्रमा सूचना प्रकाशित गर्दै रोल्ड ओट्सको उत्पादन, प्रशोधन र बिक्रीका लागि कडा मापदण्ड लागू गरेको हो ।

नयाँ मापदण्डअनुसार रोल्ड ओट्समा ओस बढीमा १२ प्रतिशत र प्रोटिन न्यूनतम १० प्रतिशत हुनुपर्नेछ । एफ्लाटोक्सिनको मात्रा १५ माइक्रोग्राम प्रति किलोग्रामभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ । साथै, ढुसी, कीरा, कृत्रिम रङ तथा कुनै पनि बाह्य पदार्थ मिसिएको ओट्सलाई गुणस्तरहीन मानिनेछ ।

अबदेखि रोल्ड ओट्स खाद्य ग्रेडको सामग्रीमा प्याकेजिङ गरी स्पष्ट लेबलिङ गर्न अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १०:५१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।