Logo

अर्थ

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । प्रभु बैंक लिमिटेडले ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयर बिक्री गदौ पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको बबरमहलमा रहेको बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १०:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।