Logo

प्रमुख समाचार

दाङमा कार्यरत प्रहरी जवान मृत भेटिए



दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका–२ रामपुर निवासी प्रहरी जवान हरी जिसी मृत भेटिएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार जिसी यही माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर बाहिरिएका थिए । त्यसयता उनी तीन दिनसम्म सम्पर्कविहीन भएका थिए । खोजीका क्रममा उनको स्कुटी बाटोमा भेटिएको थियो भने थप अनुसन्धान गर्दा घोराही उपमहानगरपालिका–१८ घरडौरा क्षेत्रको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

स्रोतका अनुसार मृतक जिसीका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको आईसीयूमा उपचाररत थिए। पारिवारिक अवस्थाका कारण बिदा माग्दा नपाएपछि उनी मानसिक तनावमा रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले घटनाको पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको जानकारी दिए । उनका अनुसार मृतकको मोबाइल फोनको लक खुलेपछि मात्रै मृत्युको वास्तविक कारणबारे थप तथ्य खुल्नेछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १०:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।