Logo

विविध

संखुवासभामा जिप दुर्घटना : मृतकमध्ये एक जनाको पहिचान खुल्यो



संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप शनिबार नुनढाकी नजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये चैनपुर नगरपालिका–१ मैदाने निवासी वीरबहादुर लिम्बुको पहिचान खुलेको छ । अर्का मृतकको नामथर भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुवै शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुर पठाइएको छ ।

दुर्घटनामा घाइते भएका भीमबहादुर थक्लुङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार २०:५९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।