काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर २,७६९ को विन्दुमा कायम भएको छ ।
आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।
आज १६ अर्ब ३५ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको सेयर कारोबार भएको छ । यस कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ५६ करोड १६ लाखको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया