Logo

अर्थ

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडाैं । सोलु हाइड्रोपावर लिमिटेडले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको उक्त आईपीओ आज नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८२ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २५ लाख ३६ आवेदन परेको छ । यसमध्ये २४ लाख ७१ हजार ७ आवेदन सदर भएको छ ।

कुल सदर आवेदकमध्ये ८ लाख २० हजार जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १७:०६   :  बजे

408
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।