Logo

अर्थ

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो?



काठमाडौं । मंगलबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक मूल्य हो ।

सोमबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ११:२८   :  बजे

690
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।