Logo

अर्थ

भारत बजेट: नेपाललाई १२ अर्बभन्दा बढी अनुदान दिइने



काठमाडौं । नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया अर्थात करिब १२ अर्बभन्दा बढी नेपाली रुपैयाँ बरारबरको अनुदान दिने भएको छ ।

भारतको आर्थिक वर्ष २०२६/०२७ का लागि आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान दिने उल्लेख गरिएको हो ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ७ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १६:३७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।