काठमाडौँ । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डि.ए.भी. अन्तर कलेज 6 A साइड फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
माघ १६ गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा भव्यताका साथ शुभारम्भ गरिएको थियो ।
कलेजको आफ्नै फुटसल मैदानमा ४० कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया,
त्यस्तै मुख्य अतिथिका रूपमा हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ तथा डिएभी प्लस टु(एनइबी) कलेजका प्रिन्सिपल तथा हिसान केन्द्रीय सदस्य सुमन बस्नेतले संयुक्त रूपमा समुद्घाटन गरेका थिए ।
उक्त समुद्घाटन कार्यक्रममा शिव शक्ति एडु मार्ट प्रा.लि.का संस्थापक महेश गिरहिया, तथा सुमेरु सिटी हस्पिटलको प्रतिनिधिहरूको उपस्थिति थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे ।
साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत तथा शिव शक्ति एडु मार्ट प्रा.लि.का संस्थापक महेश गिरहियाले संयुक्त रूपमा विजेता टिम समृद्धि स्कुललाई रू ३ लाख नगद,
ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम हेराल्ड कलेजलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी समृद्धि स्कुलका कप्तान बोगटी,
उत्कृष्ट गोलरक्षक हेराल्ड कलेजका निराजन मगर र उच्च गोलकर्ता एआइटीएम कलेजका सुशन बलामी लाई पनि जनही नगद रू.१५ हजार व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।


















प्रतिक्रिया