Logo

कर्पोरेट फोकस

पहिलो त्रैमासमा वैदेशिक सहायता ४४४.८ प्रतिशतले बढ्यो



विश्व अर्थतन्त्र शिथिल बनिरहेको अबस्थामा पनि नेपालमा आउने अन्तराष्ट्रिय सहायता भने उच्च प्रतिशतमा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको त्रैमासमा अन्तर्राष्ट्रिय सहायता ८५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा भने ४४४.८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १५ अर्ब ६७ करोड रुपैयाँ मात्रै रहेको थियो ।

मन्त्रालयका अनुसार उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता ७ अर्ब ९८ करोड र ७७ अर्ब ७२ करोड रुपैयाँ ऋण सहायता रहेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार उक्त सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा ६३ प्रतिशत, उर्जा क्षेत्रमा ३३ प्रतिशत, शिक्षा क्षेत्रमा २ प्रतिशत र पुनर्निर्माण र कोरोना नियन्त्रण तथा रोकथामका लागि क्रमशः १–१ प्रतिशत छ ।
आर्थिक वर्ष २०७७–०७८ को असोजसम्मको वैदेशिक सहायता प्रतिवद्धताको संरचनाः

chart.JPG

यो वैदेशिक सहायता प्रतिवद्धतामा अनुदा र ऋण्को अंश क्रमशः ९ दशमालव शून्य प्रतिशत रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ७८दशमलव ८ प्रतिशत र २१ दशमलव २ प्रतिशत रहेको थियो । 

प्रकाशित : ३ मंसिर २०७७, बुधबार