Logo

अचम्म

ट्वाइलेट सोचेर वाशिङ मेशिनमा पसेपछि !



एजेन्सी

रोजी कोल नाम रहेकी २१ वर्षकी उनले साथीसँग रक्सी पिएर आएर वाशिङ मेसिनमा पसेको बताइएको छ । नशाको तालमा उनी ट्वाइलेट जाने क्रममा वाशिङ मेशिनमा परेकी हुन् ।

 
 

 drunk student

उनले साथीसँग पार्टीमा अत्याधिक रक्सी पिइन् । त्यसपछि उनले केहि पनि थाहा पाइनन् र उनी आफैँ वाशिङ मेशिनमा छिरिन् ।

 drunk student

उनको कम्मर भन्दा तलको भाग मेशिनमा फसेको थियो । निकाल्ने प्रयास धेरै गरिएपनि नसकेपछि फायर फाइटर्सलाई बोलाएर उनलाई वाशिङ मेसिनबाट बाहिर निकालिएको थियो  ।

फयर फाइटर्सले उनलाई २० मिनेट पछि बाहिर निकालेका थिए ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार