काठमाडौँ। नियमविपरीत नेपाल टेलिकममा निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेपछि चौतर्फी बिरोध सुरु भएको छ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम ४९(१) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका, २०८१ मा भएको व्यवस्था विपरीत योग्यता नपुगेकी कनिष्ठ कर्मचारी रीना डंगोललाई निमित्त प्रमुखमा नियुक्त गरेपछि टेलिकमकै दुई कर्मचारी संगठनले बिरोध जनाएका हुन्।
वरिष्ठता एवम् योग्यता पुगेका कर्मचारीलाई पन्छाएर प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि। मन्त्रालयले उनलाई माघ २३ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ।
सरकारको यस नियमविपरीतको निर्णय सच्याउन माग गर्दै नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटिन-NTEAN) र नेपाल रास्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम NEONNT केन्द्रीय समितिले संयुक्त विग्यप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
डंगोलको नियुक्तिले कम्पनीको आन्तरिक व्यवस्थापनमा गलत नजीर स्थापित हुने अवस्था आएको यस प्रकारको नजीरले कम्पनीको आन्तरिक व्यवस्थापनमा गम्भीर प्रकृतिको स्वेच्छाचारिता तथा अराजकतालाई प्रश्नय पाउने अवस्थाको सृजना गरेको हुँदा संस्थालाई दिर्घकालिन रुपमा असर पार्ने बिषय अवगत गराउँदै प्रचलित बिधि, पद्धतिको परिपालन गरी नियमविपरीत गरिएको निर्णय अविलम्ब सच्याउन टेलिकम कर्मचारी संगठनहरुले सरकारलाई आग्रह गरेका छन्।
नेपाल सरकारको अधिकतम शेयरपुँजी रहेको साथै नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको दूरसंचार क्षेत्रको अग्रणी संस्था नेपाल टेलिकम पछिल्लो केहि समय यता नेतृत्व तहमा देखिएको आन्तरिक व्यवस्थापनको समस्यामा रुमल्लिन पुगेको र त्यसमाथि सरकारी पक्षबाटै नियम पालना नहुनुले जनमानसमा विश्वसनियता कम हुँदै जाने खतरालाई संगठनले औँल्याएको छ।
साथै, देश संघिय संसदको निर्वाचनमा होमिइसकेको र निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०८२ समेत लागु गरेको समयमा नेपाल दूरसंचार कम्पनी लिमिटेड कर्मचारी सेवा शर्त विनियमावली २०७८ एवं विगतको परम्परा समेतको प्रतिकुल हुने गरी भएको निर्णयले निर्वाचन आचार संहिताको दृष्टिकोणबाट समेत प्रश्न उठ्न सक्ने बिषयमा समेत संगठनले ध्यानाकर्षण गराएका छन्।
हालै निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएकि डंगोलको शैक्षिक योग्यता समेत पुग्दैन। डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक मात्र गरेकी छन्।
त्यसमाथि उनी वरिष्ठ कर्मचारी होइनन्। कायममुकायम प्रबन्ध सबिना मास्के उमेरहदका कारण यही फागुन २१ गते विदा भएपछि टेलिकमका चिफ फाईनान्स अफिसर (सिएफओ) राजेन्द्र अर्याल सबैभन्दा सिनियर कर्मचारी हुन्। नियमअनुसार आर्याल नै सो पदका मुख्य दावेदार एवम् योग्य कर्मचारी हुन्।
डंगोललाई निवर्तमान संचार मन्त्री जगदीश खरेलको पूर्व डिजाइनअनुसार संचार सचिव लक्ष्मीकुमारी बस्नेतको सिफारिसमा प्रधानमन्त्रीलाई समेत गलत बृफिङ गरी नियुक्त गरिएको आरोप लगाइएको छ।
खरेलले आफू मन्त्री पदबाट राजिनामा दिनुभन्दा केहि समय अघि मात्रै सचिव राधिका अर्याललाई हटाई आफू निकट सचिव बस्नेतलाई मन्त्रालयका तानेका थिए।
खरेलको विवादित निर्णयमा आपत्ति जनाउँदै आएकी अर्यालले बक्यौता नबुझाएपछि लाइसेन्स नै खारेज भएको स्मार्ट टेलिकमलाई रिन्यु गर्ने दिने विवादित निर्णयमा समेत आपत्ति जनाएपछि उनको सरुवा गरिदिएका हुन्।




















प्रतिक्रिया