Logo

अर्थ

मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित रेडमी नोट १५ नेपालमा



काठमाडाैं । शाओमीले आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १५ नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, शक्तिशाली कार्यसम्पादन, उन्नत एआई फिचर र मजबुत बनावटसहित रेडमी नोट १५ अब नेपालभर आधिकारिक डिलरमार्फत उपलब्ध छ।

रेडमी नोट १५ मा ६,०००mAh क्षमताको ठूलो ब्याट्री दिइएको छ, जसले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्छ। फोनले ३३W टर्बो चार्जिङ र १८W रिभर्स चार्जिङ सपोर्ट गर्दछ। स्मार्ट चार्जिङ इन्जिनमार्फत ब्याट्रीको स्वास्थ्य र कार्यक्षमता व्यवस्थापन हुने भएकाले २,००० पटकसम्म चार्ज गर्दा पनि ब्याट्री क्षमताको ८० प्रतिशतभन्दा बढी कायम रहने कम्पनीको दाबी छ। एकपटक पूर्ण चार्ज गर्दा दुई दिनसम्म सामान्य प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल गर्न सकिन्छ।

फोन Glacier Blue, Purple, Forest Green र Black रङमा उपलब्ध छ। IP64 डस्ट तथा वाटर रेसिस्टेन्स र Wet Touch Technology 2.0 का कारण हल्का पानी वा धुलोयुक्त अवस्थामा पनि सहज प्रयोग गर्न सकिन्छ। १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्रा–ड्युरेबल डिस्प्ले ग्लास, बलियो मिड–फ्रेम र आन्तरिक संरचनाले फोनलाई टाइटन–टफ बनाएको छ।

फोटोग्राफीका लागि रेडमी नोट १५ मा १०८MP मुख्य क्यामेरा, ३X अप्टिकल टेलिफोटो क्यामेरा, २MP डेप्थ क्यामेरा र २०MP फ्रन्ट क्यामेरा दिइएको छ। डुअल स्पिकर, Dolby Atmos र Hi-Res अडियो सपोर्टले मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ।

६.७७ इन्चको AMOLED डिस्प्लेमा १२०Hz रिफ्रेस रेट, १२-बिट कलर डेप्थ र ३,२०० निट्ससम्मको ब्राइटनेस रहेको छ। फोन MediaTek Helio G100-Ultra चिपसेट र Xiaomi HyperOS मा सञ्चालन हुन्छ। AI Erase, AI Sky, AI Bokeh, Google Gemini र Circle to Search जस्ता स्मार्ट एआई फिचरहरू पनि समावेश छन्।

रेडमी नोट १५ नेपालमा Teledirect Pvt. Ltd. र Vatsal Impex Pvt. Ltd. मार्फत उपलब्ध छ। यसको ६GB+१२८GB भेरियन्टको मूल्य रु. २९,९९९ र ८GB+२५६GB भेरियन्टको मूल्य रु. ३५,९९९ तोकिएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १४:३१   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।