Logo

खेलकुद

टी-२० विश्वकप: इंग्ल्यान्डलाई हराउँदै वेस्टइन्डिजको लगातार दोस्रो जित



टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो। उसका लागि सरफेन रुथफोर्डले ७६ रन बनाउँदा रोस्टन चेजले ३४ तथा ज्यासन होल्डरले ३३ रन बनाए।

त्यस्तै सिम्रन हेटमेयरले २३ तथा रोभमन पउलले १४ रन बनाएका थिए। इंग्ल्यान्डका लागि जेमी ओभरटन र आदिल रसिदले २–२ विकेट लिएका थिए।

१ सय ९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा अलआउट हुँदै १ सय ६६ रनमा समेटियो। उसका लागि फिल साल्टले ३० रन बनाउँदा साम करनले ४३ रनको नटआउट इनिङ्स खेले।

त्यस्तै ज्याकब बेथेलले ३३ रन बनाउँदा जोस बटलरले २१ रन बनाए। कप्तान ह्यारी ब्रुकले १७ रन बनाएका थिए। पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भयो।

आफ्नो तेस्रो खेलमा अब वेस्टइन्डिजले नेपालसँग प्रतिस्पर्धा गर्ने छ भने इंग्ल्यान्डले स्कटल्यान्डसँग खेल्ने छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ०८:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।