Logo

बैंकिङ

प्रभु इन्स्योरेन्सले कमायो १२ करोड २४ लाख नाफा



काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म १२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफा २ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ७३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड ९४ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड १२ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटीमा १९ करोड ४८ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्ममा कम्पनीले ६० करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क १०.५३ प्रतिशतले घटेको छ।

कम्पनीले यस अवधिसम्म ३० करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यसै अवधिसम्म कम्पनीले २८ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.३८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १४.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.१२ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २०३.११ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १८:१६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।