काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको सातौँ संस्करणको विमोचन गरेका छन्।
महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सो जर्नल प्रकाशन गरिएको हो । सेनाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ ।
खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा प्रथम र द्वितीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा र डा गीता थपलिया तथा तृतीय हुनुहुने सृजना आचार्य र सहायक रथी अर्जुन बस्नेतलाई प्रधानसेनापति सिग्देलले जङ्गीअड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदरपत्र प्रदान गरे।




















प्रतिक्रिया